सगरमाथा आरोहण गर्दा ज्यान गुमाएका दुई विदेशी नागरिकको शव फेला

हिमालय टाइम्स
Read Time = 1 min

सोलुखुम्बु । सगरमाथा आरोहणको क्रममा ज्यान गुमाएका दुई जनाको शव फेला परेको छ ।

जेठ ५ गते सगरमाथा आरोहणको क्रममा मृत्यु भएका मलेसियाका ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र वैशाख ३१ गते मृत्यु भएका मालडवाका ४६ भिक्टर व्रिन्चको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

फेला परेका शवमध्ये मलेसियन नागरिक याकूबको हेलिकप्टरमार्फत् उद्धार गरी काठमाडौं पठाइएको छ । मालडवाका नागरिक व्रिन्चको शव उद्धार गर्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?