काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घर नक्सा पासको लागि सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा सुनसरीको बर्जु गाउँपालिका इन्जिनियर अजयकुमार मेहताविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिई गएको टोलीले इन्जिनियर मेहतालाई बीस हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
मेहतालार्ई बीस हजार बिगोसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गर्न माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच