इलाका प्रशासन दिङलाको भवन निर्माण सुरु

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई प्रशासनीक सेवा दिदै आई रहेको इलाका प्रशासन कार्यालयको भवन निर्माण सुरु भएको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले भवनको शिलान्यास गर्नु भएसँगै निर्माण प्रक्रिया सुरु भएको हो ।

इलाका प्रशासनको आफनै भवन नहुदाँ हाल षडानन्द नगरपालिका वडा नम्वर ४ दिङला बजारमा रहेको भाडाको घरबाट कार्यालयको काम संचालन हुँदै आएरहेको छ । मार्सेली निर्माण सेवाले भवन निर्माणको जिम्मा पाएको छ । आगामी २०८२ असार मसान्तसम्ममा निर्माण कार्य सम्पन्न हुने गरी षडानन्न नगरपालिका ८ मा भवन निर्माणको काम थालिएको इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिनोद कुमार भण्डारीले बताउनुभयो ।

इलाका प्रशासन कार्यालयसँगै दिङलामा संचालन रहेका मालपोत र नापी कार्यालयको पनि भवन निर्माण हुने भएको छ । भवन निर्माणका लागि स्थानीय मेहरमान तामाङ, जितेन्द्र श्रेष्ठ र प्रेम बिकले १० रोपनी जग्गा निशुल्क उपलब्ध गराउनु भएको थियो । जसमध्ये इलाका प्रशासनको तीन रोपनी जग्गा रहेको छ ।

भाडामा बसेर सेवा दिन इलाका प्रशासनलाई समस्या भएको अवस्था आफनै भवन बनेपछि सेवाप्रभावमा समेत सहजता हुने भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । भौतिक पूर्वाधारको अभावमा इलाका प्रशासनले अहिले दिदै आइरहेको नागरिकता बितरण, राहदानी सिफारिस, परिचयपत्र, बिभिन्न सिफारिस जस्ता सेवाहरु सहजरुपमा नागरिकलाई दिन समस्या हुँदै आइरहेको थियो ।

८ करोड ३१ लखको लागतमा निर्माण हुन लागेको इलाका प्रशासन कार्यालयको भवन तोकिएको समयमा नै पुरा भएमा उत्तरी क्षेत्रको प्रशासनीक सेवा प्रभावकारी हुने स्थानीयको भनाई रहेको छ । इलाका प्रशासनले षडानन्द नगरपालिकाका साथै नजिकैको साल्पासिलिछो गाउँपालिकाका नागरिकहरुलाई समेत प्रशासनीक सेवा दिँदै आइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?