दाङमा जिपले ठक्कर दिँदा स्कुटर चालकको ज्यान गयो

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा शिक्षिकाको मृत्यु भएको छ ।

बिहीबार रा१ज ९२३ नम्बरको जीपले सोही दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई ठक्कर दिदा धनौरी माविकि शिक्षिका ३७ वर्षीया सीता लम्सालको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

सितालाई दङ्गीशरण गाउँपालिका– ५, कमलगढीमा ठक्कर दिएको हो ।

जीपको ठक्करबाट गम्भीर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाकी ३७ वर्षीया शिक्षिका लम्सालको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?