पाल्पामा पत्रकारले गराए असहायलाई भोजन

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । सधैँ कलम र आवाजको माध्यबाट अहसाय, अशक्तहरुको पक्षमा समाचार सम्प्रेषण गर्दै आएका पाल्पाका पत्रकारले आश्रममा रहेका असहाय वृद्धवृद्धाहरुलाई भोजन गराएका छन् । प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुले पाल्पाको तानसेनस्थित निलसागरसेवा आश्रममा पुगेर असहाय, अशक्त तथा जेष्ठ नागरिकहरुलाई एक छाक भोजन गराएका हुन् ।

शनिबार युुनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर पत्रकारहरुले त्यहाँ रहेका २२ जना असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिलाई एक छाक भोजन गराएका हुन् । श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणका लागि २०४८ जेठ १३ गते स्थापना भएको युनियनले असहाय, बेसहारा, वृद्धहरुसँग माया र सद्भाव साट्ने उद्देश्यले आश्रममै पुगेर स्थापना दिवस मनाइएको युनियनका जिल्ला अध्यक्ष मन गहिरेले बताउनुुभयो । उहाँले भन्नुभयो ‘बेसहारा भई आश्रममा पुगेका आमाबुवाहरुलाई एक छाक भए पनि खाना खुवाएर उनीहरुप्रति सम्मान र आदर प्रकट गरिएको हो ।’

आश्रममा पुग्नुभएका प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले असहाय, बेसहारा, वृद्धवृद्धाप्रति देखाएको सद्भाव प्रशसनिय रहेको बताउनुुभयो । उहाँले लोकतन्त्र, गणतन्त्र, सघीय व्यवस्था ल्याउनमा प्रेस युनियनको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै विपन्न, असहाय, अशक्तहरुको पक्षमा समेत युनियनमा आवद्ध पत्रकारहरुले सशक्त रुपमा कलम चलाउँदै आएको धारणा व्यक्त गर्नुभयो । युनियनका निवर्तमान जिल्ला अध्यक्ष भरत शर्माले आफु नेतृत्वमा हुँदा युनियनको स्थापना दिवस अश्रममै मनाएको स्मरण गर्दै नयाँ नेतृत्वले समेत आश्रममा रहेका वृद्धवृद्धा आमाबुवाहरुप्रति सद्भाव देखाएकोमा खुसी व्यक्त गर्नुभयो । युनियनका उपाध्यक्ष रामचन्द्र रायमाझीले श्रमिक, असहाय, अशक्त र वृद्धवृद्धाहरुको पक्षमा सधै युनियनका पत्रकारले कलम चलाउँदै आएको बताउनुभयो । उहँँले भन्नुभयो ‘जहिले पनि यि वर्गका व्यक्तिहरु पत्रकारको प्राथमिकतामा पर्ने भएकाले पनि युनियनको स्थापना दिवस उहाँहरुसँगै बसेर मनाउने गरेका हौं ।’

निलसागर आश्रमका संयोजक देवप्रसाद बज्राचार्यले पत्रकारहरुले आश्रममा रहेका नागरिकहरुप्रति देखाएको माया, दया करुण र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिनुभयो । उहाँले सहयोगी दाताहरुको सहयोगमा आश्रम सञ्चालन गर्दै आएको बताउनुुभयो । संयोजक बज्रचार्यले भन्नुभयो‘ हामीले सहयोगीहरुबाटै वृद्धवृद्धाहरुको व्यवस्थापन गर्दै आएका छौं, अहिले उहाँहरुलाई खानाको व्यवस्थापन गर्न निकै धौं धौं भएको छ । पानीको समेत समस्या झेल्नु परेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?