LIVE: नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभाको बैठक केही ढिलागरि सुरु भएको छ । शनिबार दिउँसो ४ बजे बोलाइएको बैठक केहीबेर अघि मात्र सुरु भएको हो ।

नीति तथा कार्यक्रम पारित गर्ने तयारीका साथ बोलाइएको शुक्रबारको बैठक एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी शनिबारका लागि स्थगित भएकोमा आज निर्धारित समयमा भन्दा केही ढिला गरि सुरु भएको हो ।

अहिले सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् ।

एमालेले आफ्नो पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरीमा सुन भनेर पित्तल हालेको आरोप लगाइएको भन्दै संसद अवरोध गरेको थियो ।

शनिबार बिहान कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा ओली माथि आरोप लगाइएको प्रसंगलाई संसदीय रेकर्डबाट हटाउने सहमति भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?