मेस्सीले पीएसजी छाड्ने

Read Time = 2 mins

पेरिस । स्टार फुटबलर लियोनल मेस्सी फ्रान्सेली लिग वान च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छोड्नुहुने भएको छ । क्लबका प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले टोलीका अर्जेन्टिनी फरवार्ड मेस्सीले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने पुष्टि गर्नुभएको हो ।

मेस्सीले पिएसजीका लागि आफ्नो अन्तिम खेल शनिबार क्लेरर्मन्टसँग खेल्नुहुने भएको छ । पिएसजीसँग मेस्सीको सम्झौता यसै सिजनको अन्त्यसम्म मात्रै थियो । जुलाई २०२१मा बार्सिलोनाबाट फ्री ट्रान्सफरमा पिएसजी आउनुभएका मेस्सीले पीएसजीलाई लगातार दुई सिजन लिग वानको उपाधि दिलाउनुभएको थियो । मेस्सीले यस सिजनमा पीएसजीका लागि सबै प्रतियोगितामा २१ गोल र २० असिष्ट दिएका छन् । क्लबका लागि समग्रमा ७४ खेलमा ३२ गोल गर्नुभएको छ ।

अघिल्लो महिना मेस्सीले व्यक्तिगत कामले साउदी जान खोज्नुभएको थियो । तर, क्लबको अनुमति नदिएपछि उहाँ अनुमति बिनै साउदी जानुभएको हो । त्यसका लागि पिएसजीले उहाँलाई दुई साता प्रतिबन्ध लगाएको थियो । त्यसका कारण उहाँले सहकर्मीसँग माफीसमेत माग्नुभएको थियो । उक्त घटनापछि मेस्सी र क्लबबीचको सम्बन्ध खराब बनेको थियो । पीएसजीमै रहँदा मेस्सीले अर्जेन्टिनालाई २०२२ को विश्वकपसमेत दिलाउनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?