नेपाल र श्रीलंकामा अन्तरदेशीय भुक्तानी सेवा

Read Time = 2 mins

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोन पेले नेपाल र श्रीलंकाबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासका लागि सहकार्य गर्न श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्कः लंका पेसँग समझदारीपत्र(एमओयु) मा हस्ताक्षर गरेको छ । फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र लंका पेका सिइओ चन्ना डि सिल्भाले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सो अवसरमा काठमाडौंस्थित श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरि प्रमुख श्रीमती निलुषा दिलमिनीको उपस्थिति रहेको थियो भने एफवान सफ्ट ग्रुपका स्ट्राटेजी डिरेक्टर डेनियल डि. श्रेष्ठ र फोन पेका अध्यक्ष विश्वास ढकालको उपस्थिति थियो । सहकार्य दुर्ई देशबीच भ्रमण गर्नेका लागि प्रभावकारी हुने बताइएको छ ।

श्रीलंकाका नागरिकहरू नेपाल भ्रमण गर्दा लंका पेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोन पे नेटवर्कका विभिन्न मर्चेन्टमा ‘क्युआर’ भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी श्रीलंका जाने नेपाली नागरिकले फोन पेद्वारा अधिकृत एप प्रयोग गरी ‘क्युआर’ भुक्तानी गर्न सक्नेछन् । फोन पे वा लंका पेमध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकले यी दुर्ई सञ्जालका मर्चेन्टमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?