कोशी प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरूले दिए राजीनामा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ ।

मंगलबार बिहान बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यसैबीच, माओवादीका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिनुभएको हो ।

उहाँहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाउनु भएको छ । माओवादी केन्द्र सरबारबाट बाहिरिएसँग मुख्यमन्त्री कार्कीको सरकार अल्पमतमा परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?