बेनी–गलेश्वर सडक स्तरोन्नतिको काम तीब्र गतिमा : पाँच महिनामा ८० प्रतिशत प्रगति

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । उत्तर–दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी– गलेश्वर सडक स्तरोन्नतीको काम ८० प्रतिशत सम्पन्न भएको छ।

राष्ट्रिय गौरबको आयोजना मानिएको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत बेनी– गलेश्वर खण्डमा निर्माण कम्पनीले ५ महिनामा ८० प्रतिशत स्तरोन्नतीको काम सकेको हो ।

जिल्लामा भित्रिएका ठुलो योजनाहरुमा ढिलासुस्ती, अलपत्र र समयमै सम्पन्न नहुने समस्याविच यस क्षेत्रमा निर्माण कम्पनीले छोटो समयमा गरेको काम चौतर्फी रुपमा प्रंशसा बटुलेको छ। अन्य योजना ढिलासुस्ती गर्ने निर्माण ब्यवसायीलाई चुनौती बनेको छ ।

कालीगण्डकी कोरिडोरका (बेनी–जोमसोम कोरला सडक योजना) योजना प्रमुख जगत प्रजापतिले कोरिडोर अन्तरगत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी– गलेश्वर रहेको बताउनुभयो । उहाँले निर्माण कम्पनीले गत माघ ६ गतेबाट सुरु गरेको योजनाको काम हालसम्म सडक तलमाथिको पर्खाल, नाली, चारवटा कल्भट, सडक पराकिलो बनाउने काम, सबवेस र २ सय मिटर आरसिसी ढलानसहित ८० प्रतिशत काम सकेको बताउनुभयो । “यस सडकमा बेस र कालोपत्रे काम मात्र बाँकी रहेको छ। यसलाई बर्खापछाडी सम्पन्न गर्ने लक्ष्यमा निर्माण कम्पनी रहेको छ ।”–उहाँले भन्नुभयो ।

मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीका संचालक एवम् निर्माण ब्यवसायी सुवासचन्द्र कार्कीले ठेक्का सम्झौता लगत्तै योजनास्थलमा उपकरण र मजदुर परिचालन गरेर साघुरो सडकलाई आठ मिटरको फराकिलो बनाउने, सडक तल माथि पर्खाल, चारवटा कल्भट, दुईसय मिटर आरसीसी ढलानको काम सकिएको बताउनुभयो ।

उहाँले एकहप्ताभित्रपछि रहेको बेस र कालोपत्रेको बर्खापछि गर्ने भन्नुभयो । निर्माण ब्यवसायी कार्कीले सम्झौता मितिको एकबर्ष अघिनै काम सक्ने प्रतिवद्धता जनाउनुभएको छ ।

२ किलोमिटर १०२ मिटर सडक कालोपत्रे गर्नका लागि मंगलादेवी सुवास कन्ट्रक्सन प्रा.लीले भ्याट/पिएस सहित १२ करोड ७५ लाख ९४ हजार ४३६ रुपैयाँमा ठेक्का लिनुभएको थियो । दुईबर्षमा सम्पन्न गर्ने लक्ष्यसहित गत पुस १७ गते आयोजना र निर्माण कम्पनीविच सम्झौता भएको थियो ।

मुक्तिनाथ प्रवेशद्धारका रुपमा रहेको यो सडक खण्डलाई समयमै सम्पन्न गर्न आयोजनाले नियमित रुपमा अनुगमन, निरिक्षण र समन्वय गर्नेे कार्यलाई प्रभावकारी गरेको आयोजनाले प्रमुख प्रजापतिले बताउनुभयो ।

यस सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका र मुस्ताङबासी र घुम्न आउने पर्यटकलाई आवातजावातमा सहज हुने छ । कालीगण्डकी नदीको कटान र माथिबाट खहरेभेलले सडक जिर्ण र सागुरो बन्दै गएपछि पर्यटक र सर्वसाधारणको त्रिव दवावपछि जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र कोरिडोरको सक्रियतामा योजना अघि बढेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?