अमरको ‘अनौठो माया’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सुरेन्द्र महर्जन ‘अमर’को उपन्यास ‘अनौठो माया’ लोकार्पण गरिएको छ । ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड-२०८०को नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अथिति संघीय मामिला तथा प्रशासन मन्त्री अमन लाल मोदी तथा विशेष अथिति एसएसपी धनबहादुर कार्कीले संयुक्तरूपमा उक्त उपन्यास लोकार्पण गर्नुभएको हो ।

साहित्यकार अमरले आफ्नो उपन्यासभित्रका कथा काल्पनिक मात्रै नभएर यथार्थमा पनि कहीँकतै आफ्नो बनेर धोका दिने मान्छेहरू धेरै हुने भएको कारण कथालाई अलग्गै तरिकाले उपन्यासमा समेटिएको जिकिर गर्नुभयो ।

उपन्यासकार अमरले हालै सगरमाथा बेस क्याम ५३६४ मिटर अग्लो स्थानमा आफ्नो उनन्तिसौँ कृति विमोचन गरेर विश्व कृतिमानी वल्र्ड बुक अफ रेकर्ड राखेर विश्व कृतिमानी प्रमाणपत्र हाँसिल गर्नुभएको छ । लेखनका साथ-साथै उहाँ चित्रकारिता, गायन पनि उतिकै शसक्त हुनुहुन्छ । उहाँका यसअघि कविता, गीत, हाइकु, एल्बम, गीति कविता, उपन्यास, नेपाली कथानक गीति चलचित्र गरेर ३१ भन्दा बढी कृति प्रकाशन भइसकेको छन् भने यो उपन्यास उनको ३२औं कृति हो ।

उपन्यास सार्वजनिक कार्यक्रममा उपन्यासकार संघका अध्यक्ष शंकर भारतीले ‘अनौठो माया’ उपन्यास पढ्दा घटनाहरू कौतुहलपूर्ण भएको तथा पढेपछि छोड्नै मन नलाग्ने तथा अब के होला भन्ने जिज्ञासा हुँदाहुँदै उपन्यासको अन्त्य हुने बताउनुभयो । २०७४ सालदेखि साहित्यकार अमरका कृतिहरू ओएसनेपालले प्रकाशन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?