सूचना आयोगद्वारा स्याङ्जाको पुतलीबजारमा अन्तरक्रिया

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । स्याङ्जाको पुतलीबजारमा सूचना आयोगद्वारा सूचना अधिकारीहरूका लागि एक दिने गोष्ठी तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले नागरिकको सूचना प्राप्त गर्ने अधिकारका लागि नै आफूहरू लडेको बताउनुभयो । उहाँले लोकतन्त्रमा मात्र सूचनाको हक पाइने हुनाले सबै सरकारी निकायहरूले सूचना अधिकारी अनिवार्य राख्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सुशासनका लागि र भ्रष्टाचार कम गर्नका लागि हरेक कार्यालयहरूले सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने बताउँदै सूचनाको हकको व्यवस्था संविधानमै उल्लेख गरिएकाले नागरिकको सूचना सम्बन्धी हकको सम्मान गर्नुपर्ने प्रदान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासङ्घ स्याङ्जाकी उपाध्यक्ष भवानी अधिकारी, शिक्षा शाखा प्रमुख बाबुराम बराल लगायतले धारणा राख्नुभएको थियो ।

नागरिक तथा सूचना आयोगका आयुक्त कमला ओलीको सभापतित्वमा पुतलीबजार नगरपालिकाको हलमा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षक, कर्मचारी, पत्रकार, सरकारी कार्यालयका प्रतिनिधिहरू तथा सूचना अधिकारीहरूको उपस्थिति थियो ।

कार्यक्रममा आयोगका उपसचिव रामप्रसाद ढकालले सूचनासम्बन्धी हक र कानुनमा भएका विषयहरूका बारेमा जानकारी दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?