सिंजाको नराकोटमा राष्ट्रिय प्रसारण लाइन विस्तार

Read Time = 3 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ । सिंजा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिंजा गाउँपालिकाको प्रशासनिक केन्द्रमा विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार भई विद्युत् सेवा सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिनुभयो ।

हिमा गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन शुक्रबारदेखि सिंजा गाउँपालिकाको नराकोट बजारसम्म विस्तार भएपछि स्थानीयवासीले राहत महसुस गरेका छन् । विद्युत् अभावले गाउँपालिकालाई काम गर्न कठिन हुने गरेको थियो । प्राधिकरणको वितरण केन्द्र जुम्लाले गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म विद्युत् सेवा पुगेपछि गाउँपालिकालाई अब काम गर्न सहज हुने सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बताउनुभयो ।

नराकोटमा रहेको ट्रान्सफर्ममा विद्युत् चार्ज गरी सेवा शुभारम्भ गरिएको हो । सिंजा क्षेत्रका ग्रामीण बस्तीसम्म प्रसारण लाइन सेवा विस्तार गर्ने काम तीव्रगतिमा भइरहेको छ । केही दिनपछि कनकासुन्दरी गाउँपालिका हुँदै मुगुसम्म प्रसारण लाइन पु¥याउने लक्ष्य रहेको विद्युत् प्राधिकरणको वितरण केन्द्र जुम्लाका प्रमुख रावलले जानकारी दिनुभयो । सिंजा गाउँपालिकासम्म राष्ट्रिय प्रसारण लाइन विस्तारपछि इलाका प्रशासन कार्यालयलगायत गाउँपालिकाबाट हुने सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?