नदीजन्य पदार्थ चोरी निकासीमा प्रहरी मौन

Read Time = 3 mins

नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिका ३, ४ र ५ मा पर्ने नारायणी नदीमा नदीजन्य पदार्थको चोरी निकासीमा प्रहरीको मौन समर्थन देखिएको छ । चोरी निकासी व्यापकरूपमा भइरहे पनि नियन्त्रणमा प्रहरीले खासै चासो नदिएको सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभएको छ । दैनिकरूपमा चोरी निकासी भएको प्रहरीले देखिरहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘प्रहरीले चोरी निकासी रोक्न कुनै पनि कदम चालेको नदेखेपछि मैले चोरी निकासी रोक्न सहयोग गरिदिन प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय र मन्त्रालयलाई पत्राचार पनि गरेँ ।’

हाल गण्डक मर्मत कार्यको बहाना बनाउँदै नदीबाट गिट्टी बालुवा र मिस्कट धमाधम चोरी निकासी भइरहँदा जिल्ला प्रशासन भने बेखबरजस्तो देखिएको छ । तर, पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सुस्तामा चोरी निकासी भएको कुनै जानकारी नआएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सुस्तामा चोरी निकासी भएको थाहा छैन, त्यहाँ गण्डक नहर बन्दैछ, सोका लागि आवश्यक सामग्री नदीबाट निकालेको र सोको रोयल्टी सुस्ता गाउँपालिकाले लिएकोसम्म जानकारी छ ।’

सुस्ता गाउँपालिकाका ३, ४ र ५ का विभिन्न स्थानबाट नदी दोहनकर्ताले अहिले दैनिकजसो मेसिनरी उपकरण अर्थात् जेसिबी प्रयोग गरी गिट्टी, बालुवा, ढुंगा र मिस्कट हजारौं ट्रली चोरी गरिरहेको छ । स्थानीयवासीले आफ्नो घरायसी कार्यमा प्रयोग गर्न नारायणी नदीबाट नदीजन्य पदार्थ निकासी गर्दा प्रहरीले छोपेर पालिकामा गाडी बुझाउने तर दिनरात गरी त्यही नारायणी नदीबाट अवैधरूपमा गिट्टी, बालुवा, ढुंगा र मिस्कट निकासी भइरहँदा प्रहरी प्रशासन मौन रहनु नदी दोहनकर्ताले जिल्लाका निकायसम्म सेटिङ गरेर नदीजन्य उत्खनन् गरेको स्थानीयवासीको आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?