इपानका मुख्य पदहरूमा निर्विरोध

Read Time = 3 mins

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इपान)को अध्यक्षमा गणेश कार्की, वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी, उपाध्यक्ष आशिष गर्ग, आनन्द चौधरी, भरत खत्री, उत्तम भ्लोन र रामप्रसाद आचार्य तथा महासचिवमा बलराम खतिवडा निर्विरोध चयन भएका छन् । सचिवमा भरत खड्का, हिमप्रसाद पाठक, विक्रम विष्ट, भरत नेपाल र कविता पोखरेल कँडेल पनि निर्विरोध भएका छन् ।

तीनजनाका लागि महिला सदस्यतर्फ सुसन कर्माचार्य, सुमनकुमार जोशी र इशा श्रेष्ठको मात्र उम्मेदवारी परेकाले सबै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । विधानको दफा १५ मा इपान कार्यसमितिको पदाधिकारीका लागि एक कार्यकाल कार्यसमितिमा बसेको हुनुपर्ने उल्लेख भए पनि सो विपरीत उम्मेद्वारी दर्ता गरेको भन्दै निर्वाचन समितिसमक्ष प्रतिस्पर्धीले उजुरी दिएका थिए ।

उजुरीमा छानविन गर्दै निर्वाचन समितिले उम्मेदवारहरू अध्यक्षमा किरण मल्ल, वरिष्ठ उपाध्यक्षका सूर्य अधिकारी, उपाध्यक्षद्वय वीरेन्द्र मल्ल र दीपेन्द्र बम, महासचिवका विनोद देवकोटा र सचिवका नारायण कँडेलको उम्मेदवारी रद्द गरेको छ ।

सात सदस्यका लागि भने उत्तरकुमार श्रेष्ठ, कुवेरमणि नेपाल, शंकर बस्याल, मिथुन चक्रवतीप्रसाद पौडेल, सीताराम तिमल्सिना, तारा सुब्बा, भरत पराजुली, कदम केसी, विजयमोहन श्रेष्ठ, गृष्म ओझा, सुकुन्द ओझा, दिपक पौडेल र विकास श्रेष्ठको उम्मेदवारी परेको छ । जसका लागि बिहीबार निर्वाचन हुनेछ । बिहीबार हुने इपानको २१औँ साधारणसभा उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?