‘अखण्ड भारत’को नक्साबारे कूटनीतिक नोट पठाउन एमालेको माग

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भारतले आफ्नो नयाँ संसदमा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू-भाग समेटेको ‘अखण्ड भारत’को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गर्नुभएकाे हाे । भारतलाई कूटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन उहाँले माग गर्नुभयाे ।

हालै भारतले आफ्नो नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?