काठमाडौं । कैलाली, सुर्खेत र बाँकेबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् ।
कैलालीको गोदावरी नगरपालिका-२ डेरा गरी बस्ने २० वर्षीय वीरेन्द्र वडलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम र सोही ठाउँ बस्ने २४ वर्षीय विनोद दियाललाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ कुमाई चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय सागर गुरुङ र सोही ठाउँ बस्ने ३७ वर्षीय रविन्द्र सिंह थापा रहेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित कोहलपुर नगरपालिका-१२ बस्ने १९ वर्षीय ज्ञानेन्द्र टमटालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच