ओमानमाथि नेपालको जित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअघिको अभ्यास खेलमा ओमानमाथि २ विकेटको जित हात पारेको छ ।
जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा ओमानले जितका लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कुशल भुर्तेलले ९४ बलमा १३ चौका र २ छक्कासहित १ सय १ रन बनाउनुभयो ।

दोस्रो विकेटका लागि कुशल भुर्तेल र भीम सार्कीले ११५ रनको सानदार साझेदारी गर्नुभएपछि नेपालले जित हात पारेको हो । यस्तै, भीम सार्कीले ७४ बलमा ९ चौकासहित ५६ रनको अर्धशतकीय पारी खेल्नुभयो ।

नेपालका आसिफ शेखले २४ बलमा २३ रन बनाउनुभयो । यस्तै, दीपेन्द्रसिंह ऐरीले २२ बलमा ४ चौकासहित २६ रन जोड्नुभयो । कुशल मल्ल १९ बलमा १७ रनमा आउट हुनुभयो ।

त्यस्तै, कप्तान रोहित पौडेलले २८ बलमा ३१ रन जोड्नुभयो । सन्दीप लामिछानेले अन्तिममा छक्का प्रहार गर्दै खेल समाप्त पार्नुभयो । ओमानका अकिब इलियासले ७.५ ओभरमा ४२ रन खर्चेर चार विकेट लिनुभयो । फैज बटले दुई र कलिमुल्लाहले एक विकेट लिनुभयो ।

त्यसअघि जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले ४९.२ ओभरमा २ सय ६७ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले १ सय ६ बलमा १५ चौका र १ छक्कासहित १ सय ९ रनको शतकीय इनिङ खेल्दै टोलीलाई उक्त स्कोरमा पुर्‍याउनुभएको हो ।

सातौँ विकेटका लागि आयन खान र जिशान मकसुदले १ सय १५ रनको शतकीय साझेदारी गर्दै ओमानलाई सम्मानजनक स्थितिमा पु¥याउनुभएको थियो । शोएब खानले ३८ रन जोड्नुभयो । यस्तै, सन्दीप गौडले १५ रन जोड्नुभयो ।

नेपालको जितमा तीव्रगतिका बलर सोमपाल कामीले ९.२ ओभरमा २ मेडनसहित ५७ रन खर्चदै ५ विकेट लिनुभयो । पहिलो अभ्यास खेल खेलेका सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिनुभयो । करण केसीले ६ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिनुभयो ।

योसँगै नेपालले पछिल्ला तीन खेलमा हारको सिलसिला रोकिएको छ । नेपाल यसअघि अभ्यास खेलमा युएईसँग तीन विकेट, नेदरल्याण्ड्ससँग ५ विकेट र स्कटल्याण्डसँग ७ विकेटले पराजित गरेको थियो । योसँगै नेपालको विश्वकप छनोटको तयारी सकिएको छ ।
विश्वकप छनोट प्रतियोगिता १८ जुनदेखि ९ जुलाईसम्म हुनेछ । नेपाल, वेस्टइण्डिज, जिम्बाबे, अमेरिका र नेदरल्याण्ड्स समूह ‘ए’मा छन् । समूह ‘बी’मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बाबेसँग खेल्दै खेलको सुरुवात गर्नेछ ।

आइसिसी विश्वकप छनोटमा नेपाल समूह ‘ए’मा छ । उक्त समूहमा नेपाल, वेस्टइण्डिज, जिम्बाबे, अमेरिका र नेदरल्याण्ड्स छन् । समूह ‘बी’मा आयरल्याण्ड, श्रीलंका, युएई, स्कटल्याण्ड र ओमान छन् । प्रतियोगिता १८ जुन देखि ९ जुलाईसम्म जिम्बाबेमा हुनेछ ।

सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल जिम्बाबेसँग १८ जुनमा खेल्नेछ । नेपालले दोस्रो खेल २० जुनमा अमेरिकासँग खेल्नेछ । नेपालले वेस्टइण्डिजसँग २२ जुनमा खेल्नेछ । नेपालले २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । यदि समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ ।

सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

यदि नेपाल सुपर सिक्समा स्थान बनाउन नसके प्लेअफ खेल्नेछ । फाइनल भने जुलाई ९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले सोमबार नै २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनाश बोहोरा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?