दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । दाङको तुलसीपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बरको बलेरो जीप तुलसीपुर उपमहानगरपालिका-३ सिरखोलामा दुर्घटना हुँदा जीप चालक रोल्पा गंगादेव गाउँपालिका-१ का विष्णु पुनको मृत्यु भएकाे हाे ।

दुर्घटनामा अरु ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिनुभयो ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । घाइते मध्य चार जनालाई थप उपचारका लागि बाँके रेफर गरिएको प्रहरीले बताएको छ । उक्त जीपमा ५ जना पुरुष र चार जना महिला सवार रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु मध्य केहीको अवस्था गम्भीर छ । घाइतेहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?