डडेल्धुरा । उत्पादन बढाउन राज्यले कृषि र सिंचाईमा गरेको करोडौंको लगानी प्रतिफल विहीन बनेको छ ।
वर्षौंदेखि राज्यले कृषि विकासका लागि सिंचाई सुबिधा भन्दै जिल्लाका बिभिन्न खेतीयोग्य जमिनको सुधार, रोजगारी र उत्पादन बृद्धिका लागि निर्माण गरेका साना सिंचाई योजनाहरुमा गरेका लगानी बालुवामा पानी जस्तै भएको हो ।
निर्माण भएका सिंचाई पोखरीहरु पनि संचालनमा आएका छैनन भने लाखौं रकमका दर्जनौं योजनाहरु स्थानीय किसानहरुले चासो नराख्दा बजेट कटौति हुनुका साथै उपयोग बिहीन अवस्थामा रहेका छन् ।
जंगली जनाबरका कारण र कृषिकर्मलाई प्राथमिकतामा नराख्दा गाउँका खेतियोग्य जग्गा बाँझो रहन थाले पछि डडेल्धुरा सदरमुकाम आसपासका गाउँमा कृषकहरुले खेती गर्न छोडेका मात्र नभई आर्थिक उपार्जनको बैकल्पिक बाटो अबलम्बन गर्न थालेको अमरगढी ५ सेलागाउँका रामचन्द्र अवस्थीको भनाई छ ।
गाउँमा कृषि गर्ने उचित वातावरण नहुँदा बसोबास पनि अनुकल व्यवसाय अगाँल्दै सुबिधा भएको स्थानमा सरेका कारण गाउँमा रहेका बिजुलीबत्ती, खानेपानी सिंचाईका संरचनाहरु औचित्यहिन प्रमाणित भएको स्थानीय कृषक धर्मराज रोश्यारा बताउनु हुन्छ ।
डडेल्धुरा जिल्लामा मात्रै राजनीतिक पहुँच र भनसुनका आधारमा सैयौं योजनाहरु प्रदेश सरकारबाट विनियोजन भएर आउँछन् तर कतिपय योजना उपभोक्ता समिति गठनका लागि मात्र कार्यान्वयन भएको देखिँदा योजनाहरु अलपत्र हुने गरेको स्थानीय करुणाकर अवस्थीको भनाइ छ ।
संभाव्यता अध्ययन भन्दा पनि पावरको भरमा योजना आउने त्यसपछि काम समयमा नहुने र क्रमागत बजेट पनि बिनियोजन नहुने भएकोले पहिलो पटक संचालन भएका योजनाहरु अधुरा रहने जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय डडेलधुराका प्राबिधिकको भनाइ रहेको छ ।
जिल्लामा वार्षिक सैयौं योजना आउँछन ती मध्ये ६० प्रतिशत मात्र सफल काम हुने गरेको कार्यालयले जानकारी दिएको छ यस बाहेक अरु योजनाहरु पामनी नै संचालन नभएकाले जिर्ण र खण्डहर बन्दै गईरहेका छन् यसतर्फ राज्यका बजेट दिन कामको प्रतिफल नचाहने निकायको ध्यान जानु पर्ने स्थानीय किसानहरुको भनाइ छ ।
संघीय, प्रदेश र स्थानीय सरकारबाट सिंचाई सुबिधाका लागि बजेट विनियोजन गराउने तर काम नगर्ने प्रबृति डडेल्धुरामा बढ्दै गईरहेकोले राज्यले योजना मागको आवश्यकतालाई संभाव्यता पूर्व अध्ययन, बिश्लेषण र कार्य संचालन गर्नु पर्ने अपरिहार्य देखिएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच