शिखर एग्रिकल्चर अवार्डको तेस्रो संस्करण सम्पन्न

Read Time = 9 mins

काठमाडौं । शिखर एग्रिकल्चर अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । बिहीबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शिखर नेपाल तथा डच मिडियाको आयोजनामा ‘तेस्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड तथा शिखर सम्मान समारोह-२०८०’ एक विशेष कार्यक्रमबीच भव्यताका साथ सम्पन्न भएको हो । बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रम कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न थियो । शिखर नेपालका अध्यक्ष शेखर खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको विशिष्ट अतिथिमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मञ्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा रहनुभएको थियो भने डा. दीपककुमार खनाल, डा. शरणकुमार पाण्डे, डा. योगेन्द्रकुमार कार्कीलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिनुभएको थियो ।

मुलुक कृषि वस्तु, मासु तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर होस् भनेर कृषि कर्ममा लागेका कृषि उद्यमीहरूको सम्मानमा कृषक अवार्ड कार्यक्रमलाई निरन्तरता दिएको शिखर नेपालका अध्यक्ष खनालले बताउनुभयो ।

अवार्डको निर्णायक मण्डल सदस्यमा नेपाल सरकारका पूर्वसचिव गणेश केसी, वरिष्ठ कृषि वैज्ञानिक डा. शिवकुमार झा, वरिष्ठ इञ्जिनियर डा. जित चन्द, पशुपन्छी विज्ञ तथा पूर्वराष्ट्रसेवक डा. रामकुमार कार्की, कृषि प्रविधि विज्ञ कृष्ण अधिकारी, हलो खबर डटकमका सम्पादक मनोज श्रेष्ठ, श्रव्यदृश्य तथा प्रविधि विज्ञ गणेश सुवेदी रहनुभएको थियो ।

कार्यक्रममा गार्ईभैंसी र चौंरी, मत्स्यपालन, फलफूल उत्पादन, भेडा, बाख्रा, च्यांग्रा तथा बंगुर पालन व्यवसाय, नर्सरी तथा पुष्प व्यवसाय, पोल्ट्री व्यवसाय र तरकारी उत्पादन गरी सात विधामा नोमिनेशन भएकोमा अवार्ड विजेताहरूमा नेत्रमणि दनाई ‘दनाई गाई पालन व्यावसायिक फर्म’ चितवन, लक्ष्मण गुरुङ/अमृत गुरुङ ‘गण्डकी टाउट फर्म’ पोखरा, विनोद पोखरेल ‘दाउन्ने एग्रो फर्म’ नवलपुर, समराज गुरुङ ‘एग्रो मनाङ प्रालि’ मनाङ, पासाङ तामाङ ‘एनआर एग्रो फर्म’ रसुवा, राजु शाही र प्रभा थापा ‘एभरेष्ट फ्लावर’ काठमाडौं, भरत केसी ‘हिमाली पोटेटो रिसर्च एण्ड डेभलपमेण्ट सेन्टर’ रामेछाप रहनुभएको छ ।

‘मुलुक कृषि वस्तु, मासु तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर होस् भनेर कृषि कर्ममा लागेका कृषि उद्यमीहरूको सम्मानमा कृषक अवार्ड कार्यक्रमलाई निरन्तरता दिएको हो ।’

समारोहमा शिखर सम्मान-२०८० बाट अश्विनी झा, अनुप अधिकारी, रमेश कोइराला, मुना निरौला, यमबहादुर जिसी, निरज कँडेल, भुवन प्यासी, अच्युत बजगाईं, सविना कार्की, अमित लामा, सन्दीप अर्याल, नरेश आचार्य, ऋचा कोइराला, नीमा याल्वो घले, आशिका भुजेल, कैलाश श्रेष्ठ, लक्ष्मण खड्का, लक्ष्मीकुमारी बोगटी, देवेन्द्रराज ढुंगेल, कैलाश श्रेष्ठ, महेश्वर सापकोटा, चन्दन गिरी, वासु सापकोटा, जनकराज खकुरेल, भूमिकला पौडेल, काजी लिम्बूलगायत कलाकर्मी तथा समाजसेवी व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

यस्तै, शिखर व्यक्तित्व सम्मान-२०८० बाट वरिष्ठ अधिवक्ता ईश्वरचन्द्र पोखरेल, अस्तित्व व्यवस्थापन शास्त्रका संस्थापक डिपी आत्रेय, खेलकुद विज्ञ डा. ओमकृष्ण प्रसाईं, प्रख्यात हास्यकलाकार उत्तम केसी, कृषि प्रविधि वितरक हेमराज बडाल, पत्रकार कृष्ण भुसाल, कृषि उद्यमी गोपाल थापा, साहित्यकार रामचन्द्र ढकाल, सञ्चारकर्मी कृष्णबन्धु अर्याल, सरोज अधिकारी, समाजसेवी मञ्जु गुरुङ, शिवलाल भुर्तेल, उदयबहादुुर केसी, व्यवसायी ध्रुव न्यौपाने, समाजसेवी तथा सञ्चार व्यवसायी अतुल उपाध्याय, खाद्य तथा पोषण विज्ञ गोविन्द न्यौपाने, कृषि उद्यमी सूर्यभक्त ओझालाई सम्मान गरिएको थियो ।

त्यसैगरी शिखर वर्ष सम्मान-२०८० बाट पोल्ट्री व्यवसायी विनोद पोखरेल, बंैकिङ क्षेत्रबाट अभयबहादुर शाह, काठमाडौं उपत्यका खानेपानीका ई. सञ्जीवविक्रम राणा, आनी भीम सुब्बा गुरुङ, बौद्व धर्म दर्शनका अध्येता डा. शरणकुमार पाण्डे, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. उमेश दाहाल, लाइभ स्टक सेक्टर एनिमेसनका डा. रामआधार यादवलाई सम्मान गरिएको थियो ।

समारोहमा शिखर शिक्षा वर्ष सम्मान-२०८० बाट मोक्षदा स्कुल, गौरीघाट, पिक पोइन्ट एजुकेशन नेटवर्क, बुढानीलकण्ठ र जुबिलेन्ट कलेज, कालिमाटी काठमाडौं, लाई सम्मान गरिएको थिया ।

कार्यक्रममा शारदा शर्मा-शारदा सिर्जनशील गाई पालन फर्म बाँके, लक्ष्मीकुमार श्रेष्ठ-सुर्के, कृषि तथा पशुपन्छी फर्म-रामेछाप, भेषमान श्रेष्ठ– कासी तथा ड्रागन एग्रिकल्चर फर्म-काभ्रे, रामबहादुर खत्री-राम कृषि तथा पशुपन्छी फर्म-रामेछाप, दीपक बस्नेत- आइरिस गार्डेन एण्ड एडभरटाइजिङ सर्भिस प्रालि- काठमाडौं, मानबहादुर श्रेष्ठ- त्रिवेणी ज्योति लिंगेश्वर कृषि फर्म-भक्तपुर र सुष्मा शर्मा- बञ्जारा एग्रो प्रालि – मोरङलाई इन्करेजमेन्ट अवार्ड-२०८० बाट सम्मान गरिएको थियो ।

यस्तै, युथ इन्टरप्रेनर अवार्डका विजेतामा सञ्जयकुमार श्रेष्ठ-दाप्चाली फ्रुट सेन्टर, विक्रम तामाङ- ब्लु ओसन एग्रो-रामेछाप, जीवन राउत- जेबी एग्रो प्रोडक्सन एण्ड सप्लायर्स-काठमाडौंलगायत रहनुभएको थियो ।

त्यसैगरी, एग्रो इको टुरिजम अवार्ड इच्छाराज गिरी-हाम्रो टप टाउन कृषि फर्म हाउस-पाँचखाल, कृष्णबहादुर खत्री-एभरेष्ट एग्रो रिसर्च टुरिजम डेभलपमेन्ट प्रालि– सोलुखुम्बुलाई प्रदान गरिएको थियो ।

कार्यक्रमको सद्भावनादूतहरूमा नायक दिनेश केसी, कलाकार दमन रूपाखेती, लोकगायिका राधिका हमाल र राजु परियार रहनुभएको थियो भने पूर्वमिस नेपाल सुगरिका केसीले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो ।

उक्त समारोहमा ‘चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड-२०२३’ अक्टोबर ११ तारिखका दिन क्यानडास्थित नाग्राल्फर्समा गरिने घोषणा गरिएको थियो । क्यानडाका संयोजकले सो अवसरमा भिडियोमार्फत् कार्यक्रमको जानकारी गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?