एनआइसीको वेबसाइट स्तरोन्नति

Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो वेबसाइटको स्तरोन्नति गरेको छ । समयअनुरूप परिष्कृत सेवा तथा सुविधाका साथ लाखौं ग्राहकलाई आधुनिक बैंकिङको अभ्यास गराउँदै आएको एनआइसी एसिया बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटसाथ वेबसाइट आकर्षक फिचरसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको हो ।

बैंकका अनुसार ग्राहकले चाहेको प्रोडक्ट, विवरण वा जानकारी आवाजद्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता रहेको छ । खोजेअनुसारको प्रोडक्ट र विवरण उपलब्ध गराउन भनेर वेबसाइटमा राखिएको ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टमबाट सहजै सर्च हिस्ट्री थाहा पाउन सकिने बैंकले जनाएको छ ।

बैंकले मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलगायतका डिभाइसमा फिट हुने गरी डिजाइन गरिएको नयाँ वेबसाइटमा प्रयोगकर्ताको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?