एमजी मोटर्सको सोरुम कुसुन्तीमा

Read Time = 2 mins

काठमाडौं । प्यारामाउण्ट मोटर्स प्रालिले ललितपुरको कुसुन्तीमा एमजी मोटर्सको सर्भिस सेन्टर स्थापना गरेको छ । सर्भिस सेन्टर छ रोपनीमा फैलिएको छ । एमजीको नेपालस्थित आधिकारिक आयातकर्ता तथा वितरक प्यारामाउण्ट मोटर्सले नेपाली ग्राहकको बढ्दो आवश्यकता सम्बोधन गर्न सर्भिस सेन्टरको स्थापना गरिएको जनाएको छ । गाडी बिक्रीपछि सर्वोत्कृष्ट सेवा प्रदान गर्दै उच्चतम् अनुभव सुनिश्चित गर्ने लक्ष्य कम्पनीले राखेको छ ।

सो अवसरमा प्यारामाउण्ट मोटर्सका प्रमुख कार्यकारी अधिकृत सचिन अर्यालले उच्चस्तरीय मर्मत तथा वारेन्टी प्रदान गर्न र ग्राहकलाई व्यापक, सहज तथा प्रभावकारी आफटर सेल्स सेवा प्रदान गर्न यस सर्भिस सेन्टर डिजाइन गरिएको बताउनुभयो । सर्भिस सेन्टरमा आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिमा प्रशिक्षित उच्च दक्ष प्राविधिकको टोली रहेको उहाँले जानकारी दिनुभयो ।

सर्भिस सेन्टरमा ११ बे, हाई इभी डाइग्नोसिस दुल, एकपटकमा तीन कार वासको सुविधा, हाइब्रिड एसी रिकभरी, उच्चतम् प्रविधियुक्त पेन्ट बुथ, क्यारोलिनर कोलिजन रिपेर, फलुकद्वारा निर्मित आइसोलेटेड टेस्टिङ टुललगायत डिसी चार्जर र एसी चार्जर रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?