साकारको ‘म्याजिक’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । र्‍यापर तथा गायक साकारले नयाँ गीत ‘म्याजिक’को भिडियो सार्वजनिक गर्नुभएको छ । ८८ सेभेज गड फिचर्ड गीतको भिडियो यतिबेला नेपाल, अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा छ । भिडियोमा फिचर्ड ८८ सेभेज गड अमेरिकाको न्यू हेम्पशायरमा बस्दै आउनुभएका कलाकार हुनुहुन्छ ।

साकारको एलबम ‘इक्स्टेसी इन द प्यालेस’मा समेटिएको पछिल्लो म्युजिक भिडियो ‘नो पिस इन लभ’को सफलतापछि उहाँले ‘म्याजिक’ दर्शकमाझ ल्याउनुभएको हो ।

झोलेले नेतृत्व गरेको एनएफटीपी टिमले यो भिडियो निर्माण गरेको हो । भिडियोमा टिमकै निर्देशन, सम्पादन र भिएफएक्स छ । भिडियोमा कलाकारहरूले ब्रहृमाण्डको यात्रा गर्दै गरेको र अचम्मले भरिपूर्ण काल्पनिक संसारमा एलियनले भ्रमण गर्दै गरेको देखाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?