कोशीको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ : नेता सिंह

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय कांग्रेसले मान्ने बताउनुभएको छ । चितवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै उहाँले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गर्नुभयो ।

“नेपाली कांग्रेस कानुन मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गर्छौँ। आफूलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन”, नेता सिंहले भन्नुभयो । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका विषयमा गरेको निर्णय सहर्ष स्वीकार गर्दै सरकार गठनका लागि दलहरुसँग छलफल भइरहेको उहाँको भनाइ थियो ।

नेता सिंहले प्रदेश आफै स्वायत्त भएको उल्लेख गर्दै भन्नुभयो– “कोशी प्रदेशमा प्रदेश सरकार गठनका विषयमा त्यहीको संसदीय दलको नेताले निर्णय गर्नुहुनेछ ।” सरकार गठनका विषयमा प्रदेशको केन्द्रसँग समन्वय भइरहेको भए पनि हस्तक्षेप नहुने उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?