इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो नेपाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपबाट बाहिरियो । अन्तिम खेलमा वर्षाका कारण हङकङ र नेपालबीचको खेल रद्द भएसँगै नेपाल इमर्जिङ टिम्स एसिया कपबाट बाहिरिएको हो । वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एक-एक अंक बाँडेका थिए ।

नेपालको खेल रद्द हुँदा समूह ‘ए’ बाट भारत र पाकिस्तान एक खेलअगावै सेमिफाइनलमा पुगेका छन् । नेपाल भने तेस्रो स्थानमा रहँदै बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग नौ रनले पराजित भएको थियो । भारतसँग भने वर्षाकै कारण अंक बाँड्नुपरेको थियो ।

नेपाल तीन खेलमा एकमा हार र दुई खेलमा अंक बाँड्दै दुई अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । भारत र पाकिस्तान भने समान दुई खेलमा एकमा जित र एक खेलमा अंक बाँड्दै तीन-तीन अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् । अब भारत र पाकिस्तानबीच खेल हुँदैछ । जसबाट समूह विजेता र उपविजेता निर्धारण हुनेछ । हङकङ भने तीन खेलमा दुई अंकका साथ पुछारमा रहेर बाहिरियो ।

समूह ‘बी’ मा बंगलादेश तीन खेलमा दुईमा जित र एकमा हारसहित चार अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ । श्रीलंका तीन खेलमा दुईमा जित र एकमा हारसहित चार अंक भए पनि नेटरनरेटका कारण दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।

सेमिफाइनलमा श्रीलंकाले समूह ‘ए’ को विजेता र बंगलादेशले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । समूह ‘बी’ मा युएई तीन खेलमा समान एकमा जित, नजिताविहीन र हारका साथ तीन अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । मलेसिया भने तीन खेलमा दुईमा हार र एक खेलमा नतिजाविहीन हुँदै बाहिरियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?