हुवावे डिजिटल नेपाल कन्क्लेभ हुने

Read Time = 3 mins

काठमाडौं । काठमाडौं । फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल भन्ने नाराका साथ यही असार ८ र ९ गते ‘हुवावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा हुने कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञसहित ७० बढी स्रोत व्यक्तिको उपस्थिति रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जाननकारी दिएको छ । सोल्टी काठमाडौंमा हुने कन्क्लेभमा विभिन्न छ थिममा १५ बढी सेसन हुने बताइएको छ । कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषयविज्ञको सहभागिता रहने कन्क्लेभले डिजिटल रूपान्तरणका लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञका चार कि–नोट र सञ्चारमन्त्री रेखा शर्मासँगको पावर संवाद सेसन हुने र पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय र डिजिटल गभर्नेन्ससम्बन्धी सेसन सञ्चालन हुने बताइएको छ । दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमता, डेटा गभर्नेन्स, डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताका लागि अबको बाटोलगायतका सेसन सञ्चालन हुने आयोजकले जनाएको छ । कन्क्लेभसँगै शीर्ष प्रायोजक हुवावेले छुट्टै हलमा मिनी मोबाइल वल्र्ड कंग्रेसका रूपमा मोबाइल नेपाल कंग्रेसको आयोजना आयोजना गर्ने भएको छ । मोबाइल नेपाल कंग्रेसबाट डिजिटल नेपालतर्फको यात्रालाई गति दिन नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानलाई छलफलमा ल्याउन सहयोग पुग्ने बताइएको छ ।

कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघलगायतको सहयोग रहेको छ । त्यस्तै, नेपाल टेलिकम, सेक्युरिटी पार्टनरमा चेकपोन्ट, पेमेन्ट पार्टनरमा आइएमइपे, आइटी ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, इन्टरनेट पार्टनरमा डिसहोम रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?