सेयर बजार घट्यो

Read Time = 3 mins

काठमाडौं । गत सातादेखि निरन्तर बढ्दो क्रममा रहेको सेयर बजार मंगलबार भने २६.५६ अंकले घटेको छ । अघिल्लो दिन पनि झिनो अंकले घटेको थियो । मंगलबार नेप्से साढे २६ अंकले घटेर २०६४.८३ अंकमा झरेको छ । यस दिन दुई सय ६८ कम्पनीका एक करोड सात लाख ९२ हजार सात सय ४२ कित्ता सेयर चार अर्ब ११ करोड छ लाख छ हजार नौ सय ५४ रुपैयाँमा खरिदबिक्री भएका छन् । अघिल्लो दिनको तुलनामा ६३ करोडले कारोबार घटेको छ । कारोबारमा आएकामध्ये ४६ कम्पनीको सेयरमूल्य बढेको छ भने दुई सय १२ कम्पनीको घटेको छ । १० कम्पनीको स्थिर रहेको छ । कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको नेपाल इनफ्रास्टक्चर बैंकको २० करोड ५७ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । युनिक नेपाल लघुवित्तको लगातार दोस्रो दिन पनि सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएका तीनबाहेक १० समूहगत सूचक घटेका छन् । लगानी, उत्पादन र व्यापार सामान्य बढ्दा फाइनान्स सर्वाधिक ३.७० प्रतिशतले घटेको छ भने हाइड्रोपावर, जीवन बिमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बिमा र अन्य पनि घटेका छन् । सिटी होटल लिमिटेड, बिपिडब्लु लघुवित्त र इङ्वा हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी ग्लोबल ब्यालेन्स्ड फण्ड-१ को ३.८७, ग्रिन भेञ्चर लिमिटेड ३.८४, निफ्रा ३.१३, मैलुङ खोला जलविद्युत् २.७०, एनएमबी-५० को इकाईमूल्य २.५०, एनएमबी बैंक २.३७ र इमर्जिङ नेपालको २.२७ प्रतिशतले सेयरमूल्य बढेको छ । सानिमा इक्विटी फण्डको इकाईमूल्य ८.८९, महुली लघुवित्त ७.४८, मल्टिपर्पस फाइनान्स ६.३० र श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.०१ प्रतिशतले सेयरमूल्य घटेको छ । शिवम् सिमेन्ट्सको १९ करोड ४४ लाख २७ हजार रुपैयाँँ, हिमालयन डिष्टिलरीको १३ करोड ५९ लाख ८८ हजार, आइजिआई बु्रडेन्सियल इन्स्योरेन्सको १२ करोड ६० लाख ६९ हजार र शिवश्री हाइड्रोपावरको ११ करोड ५७ लाख दुई हजार रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार संख्याका आधारमा इङ्वा हाइड्रोपावरको सर्वाधिक चार हजार चार सय ९६ वटा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?