यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आजको अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्री दर १३१ रूपैयाँ ७० पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा र बिक्री दर १४३ रूपैयाँ ९२ पैसा रहेको छ।

हिजो डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्रीदर १३१ रूपैयाँ ४० पैसा रहेको थियो, आज पनि सोही मुल्य कायमै रहेको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ८९ पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको थियो । युरो खरिद दर ३८ पैसा र बिक्रीदरमा ४६ पैसाले युरेको भाउ घटेको छ ।

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ११ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६६ पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा र बिक्री दर १६८ रूपैयाँ ०० पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ १८ पैसा र बिक्रीदर १० रूपैयाँ २२ पैसा रहेको छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ११ पैसा तोकि दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?