शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा बैठक शोक प्रस्ताव पारित गरेर बुधबार नै बस्नेगरी आधा घण्टाका लागि स्थगित गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाको लागि बैठक स्थगित गर्नुभएकाे हाे ।

सिंहको मंगलबार सवारी दुर्घटनामा निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?