गुल्मी अस्पतालका बिरामीलाई फलफूल वितरण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी  । तम्घासको आदर्श विद्या आश्रम इङ्ग्लिश बोर्डिङ स्कुलमा गठित “आदर्श स्काउट ट्रुप” ले गुल्मी अस्पतालका बिरामीहरुलाई फलफूल र ग्लुकोज वितरण गरेको छ ।

नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसर पारेर स्काउट मास्टर तारा बुढाथोकी र बिद्यालयका प्रबन्ध निर्देशक राजु कुँवरको सक्रियतामा अस्पतालका बिरामीलाई फलफूल र ग्लुकोज वितरण गरिएको हो ।

त्यस अवसरमा जिल्ला अस्पताल बिकास बोर्ड गुल्मीका अध्यक्ष गोपाल पाण्डेले मानवता हराउँदै गैरहेको अवस्थामा बिद्यालयले यस्तो मानवीय कार्य गर्न, मानव सेवामा लाग्न बिद्यार्थीलाइ प्रेरित गर्नु निकै सह्रानिय कार्य भएको बताउनुभयो ।

अस्पतालमा कार्यरत डा. दिपक थापा र आदर्श विद्या आश्रमका शिक्षक सागर खनालले बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आदर्श स्काउट ट्रुपका विद्यार्थी र विद्यालयलाई धन्यवाद दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?