गोरखा जिप दुर्घटनाः प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त

रासस
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको सहिदलखन गाउँपालिका-३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालल दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । उहाँले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

सहिद लखन गाउँपालिका-३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन-५ ताक्लुङ फर्किँदै गरेको ०१-०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटना  हुँदा पाँच जनाको मृत्यु भएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?