जिल्ला हुलाक कार्यालय इलाममा तालाबन्दी

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । जिल्ला हुलाक कार्यालय इलाममा तालाबन्दी भएको छ । सरकारले आगामी श्रावण १ देखि अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि अन्दोलित बनेका अतिरिक्त हुलाकका कर्मचारीले आईतवार जिल्ला हुलाक कार्यालय इलाममा तालाबन्दी गरेका हुन् । सरकारको निणर्यले लामो समयसम्म गरेको सेवाको मूल्यांकन विना काम छाड्नु परेको भन्दै उनीहरु चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् । इलामका ४० अतिरिक्त हुलाकमा १५७ कर्मचारी सरकारी निणर्यको मारमा छन् ।

नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन इलामको अगुवाईमा सदरमुकाममा भेलाभएका कर्मचारीहरुले यस अघि नै जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुका साथै प्रमुख जिल्ला अधिकारी र हुलाक प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएका थिए । आधुनिक सञ्चारको विकास नभएको बेलादेखि अहिलेसम्म अनवरत संघर्ष गरेको योगदानलाई कतै कदर नगरेको एशोसिएसनका जिल्ला अध्यक्ष लिलानाथ लम्सालले बताउनुभयो ।

नेपाल सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेट वक्तव्यमा श्रावण १ गते देखि लागू हुने गरि देशभरका अतिरक्त हुलाक खारेज गर्ने जनाएको हो । अतिरिक्त हुलाक खारेजी हुँदा देशभरमा ११ हजार कर्मचारी रित्तो हात घर फर्कनु पर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?