कलाकार प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

फाइल तस्बिर

Read Time = 1 min

काठमाडौं । कलाकार प्रकाश सपुतमाथि रोमानियामा आक्रमण भएको छ । ‘याद म्युजिक फेस्टिवल’का लागि रोमानियाको बुखारोष्ट पुगेका सपुतमाथि आइतबार एक सांस्कृतिक कार्यक्रममा उनीमाथि बोतल प्रहार भएको हो ।

स्टेजमा प्रस्तुती दिइरहेका सपुतमाथि दर्शकको भीडमा रहेका एक व्यक्तिले पानी या क्यान वियरको बोतलले हानेका थिए ।

उक्त बोतल अनुहारको देब्रे भागको गालामा लागेपछि प्रकाशले गीत गाउन रोकेका थिए। सपुतलाई बोतल हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रकाशको अवस्था भने सामान्य रहेको बताइएको छ । घटनाको केही बेरपछि प्रकाश फेरि स्टेज चढेर गीत गाएका थिए ।

आयोजक टीमले केहि व्यक्तिले अराजक गतिवधि गरेपनि कार्यक्रम राम्रैसँग सम्पन्न भएको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?