सरकार ढाल्नु देशलाई अस्थिरतातर्फ लैजानु हो : मन्त्री किराती

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको बताउनुभएको छ ।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र आमाले दिएको अर्ति भन्दा बाहिर गएर काम नगर्ने स्पष्ट पार्नुभयो । उहाँले वर्तमान सरकार ५ वर्षसम्म नै टिक्ने दाबी समेत गर्नुभयो । उहाँले आउने निर्वाचनमा ठूला दलको अस्तित्व संकटमा पर्ने डरका कारण पनि वर्तमान सरकार नढल्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले दिएको देश बनाउने निर्देशन र मेरो आमाले दिएको जुन अर्ति हो त्यो भन्दा बाहिर जाँदिन । ३६ हजार १ सय प्रतिनिधिले काठमाडौं सफा गर्ने हो भने ३ घण्टामा सकिन्छ, गरेर देखाउँ न । यो सरकार ढल्दैन, ५ वर्षसम्म नै चल्छ । यो सरकार यस कारणले ढल्दैन की, ठूला राजनीतिक दलमा देखिएका अविश्वास अझै देशलाई अस्थिर बनाउने हो भने आउने निर्वाचनमा अस्तित्व झन संकटमा पर्छ । सहमतिअनुसार फुलफेजमा यो सरकार चल्छ । अहिले चौतर्फी संकट छ, संकटको सुधार पनि भइरहेको छ । समस्या र समाधान दुवै छ भन्ने सरकारलाई थाहा छ ।’

मन्त्री किरातीले सरकार देशमा रहेका समस्याको समाधान गर्ने दिशामा अघि बढीरहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?