सलमान खानलाई फेरी गोल्डी बराडको ज्यान मार्ने धम्की

Read Time = 2 mins

मुम्बई । बलिउड अभिनेता सलमान खानलाई कैयौं पटक ज्यानको धम्की आइसकेको छ ।

जसकारण उनले आफ्नो सुरक्षा व्यवस्था कडा पारेका छन्, हाल उनलाई मुम्बई प्रहरीले पनि सुरक्षा दिइरहेको छ ।

अब यी अभिनेतालाई ग्याङस्टार गोल्डी बराडले ज्यानको धम्की दिएका छन् । गोल्डीले एक अन्तरर्वार्तामा सलमानलाई मौका मिल्ना साथ मार्ने योजना बनाएको खुलासा गरेका छन् । उनले सलमानले काला हिरण मारेपछि आफूहरुसँग माफी नमागेकाले त्यसको बदला लिने उनले दाबी गरेका हुन् ।

‘सलमानले काला हिरण मारेर विश्नोई समाजको बेइज्जत गरेका छन् । विश्नोई समाज काला हिरणलाई पूजा गर्दछ । उहाँलाई माफी माग्नु भन्दा पनि माफी माग्नुभएन । यसकारण जब हामी मौका पाउँछौं, उहाँलाई मारिदिन्छौ’, गोल्डीले भनेका छन् । यसअघि पनि सलमान खानलाइ ज्यान मार्ने धम्की दिइएको थियो ।

उनले आफूहरुको खलिस्तान र आईएसआईसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । सलमान सन् १९९८ मा फिल्म ‘हम साथ साथ हे’को सुटिङ गर्ने सिलसिलामा जोधपुरमा थिए । त्यो बेला सलमान माथी कालो हिरण मारेको आरोप थियो । यसलाई लिएर अदालतमा मुद्धा पनि पर्यो । जसकारण उनी जेल पनि गए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?