सुनकोशीमा माइक्रो बस दुर्घटना, सात जना घाइते

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 2 mins

सिन्धुली । सुनकोशी गाउँपालिका–५ साइटार नजिक शुक्रबार माइक्रो बस दुर्घटना भएको छ । दुर्घटनामा परी सात जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुलीतर्फ आइरहेको म.प्र.०२–००१.ज.००४२ नम्बरको बस विपी राजमार्गमा दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा जिल्लाकै कमलामाई नगरपालिका–१ का १८ वर्षीय शोभ घिमिरे, वडा नम्बर २ का १९ वर्षीया सन्ध्या घिमिरे, गोलन्जोर गाउँपालिका–४ का ६५ वर्षीय तेजबहादुर बस्याल र वडा नम्बर १ का २१ वर्षीय रामधोज पाख्रिन छन् ।

यस्तै विराटनगर नगरपालिका–१२ मोरङ ३२ वर्षीय सत्यप्रकाश ठाकुर, गौशला नगरपालिका– ४ महोत्तरीका ६१ वर्षीय पर्शुराम ठाकुर र काठमाडौं महानगरपालिका– ८ का ३८ वर्षीय महेश डंगोल घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो ।

घाइतेमध्ये शोभा र सन्ध्या गम्भीर छन् । उनीहरुलाई टाउको र शरीरका भित्री भागहरुमा चोट लागेको छ । सामान्य घाइतेहरुको गोलन्जोर गाउँपालिका–७ खुर्कोटस्थित शुभजिवन अस्पतालमा उपचार भएको र गम्भिर घाइतेहरुलाई प्राथामिक उपचार गराएर थप उपचारको लागि काठमाडौँ पठाइएको प्रहरी जनाएको छ ।

बसका चालक कमलामाई नगरपालिका–५ का सुमन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा दश जना सवार थिए । तीव्र गतिका कारण गाडी सडकको नालामा खस्न गई दुर्घटना भएको प्रहरीको अनुमान छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?