एसियाडका लागि भारोत्तोलन खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएकाछन् । अन्तिम छनोट प्रतियोगिताबाट समान दुई-दुई पुरुष/महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाउनुभएको छ ।

पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट हुनुभयो । महिला ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छानिनुभयो । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?