मुग्लिन-नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा

फाइल तस्बिर

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ । सडक माथिबाट पहिरो खसेपछि आज बिहान बन्द भएको उक्त सडक खण्ड पुनः सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बन्द भएको मुग्लिन-नारायणगढ सडकखण्डको पहिरो पन्छाएर एकतर्फी खुलेको प्रहरीले जनाएको छ । सो सडकखण्डमा गाडीको चाप लामो रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन किलोमा बिहीबार दिउँसो सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक २८ घण्टापछि हिजो साँझ ५ बजेबाट सञ्चालनमा आएको थियो । तर सडक खण्ड सञ्चालन आएको केही घण्टामा सोही स्थानमा पहिरो गएपछि आज बिहान देखि नारायणगढ-मुग्लिन सडकखण्ड पुन अबरुद्ध भएको थियो ।

माथिबाट लगातार ढुंगा झरिरहने भएकाले यो ठाउँमा जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि दर्जनौं सवारी साधन बिच बाटोमा अलपत्र परेका थिए । पूर्व र पश्चिमबाट काठमाडौ जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन-नारायणगढ सडक खण्डलाई लाइफलाइन पनि भन्ने गरिन्छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?