गुरु !

Sujan Gaihre
Read Time = 2 mins

गुरूर्ब्रह्मा गुरूर्विष्णु र्गुरूदेवो महेश्वरः।

गुरुः साक्षात परं ब्रह्म तस्मै श्री गुरवे नमः॥

शास्त्रमा गुरुलाई नै ब्रह्मा, बिष्णु र महेश्वरको रूपमा स्वीकार गरिएको छ । गुरुलाई ब्रह्मा भनिएको छ किनकी गुरुले शिष्यको भविस्य बनाउछन्, बिष्णु भनिएको छ किनकि गुरुले शिष्यको रक्षा गर्छन र महेश्वर भनिएको छ किनकि गुरुले शिष्यको खराब पक्ष्य एवं बानीको संहार गर्छन र सत्बुधि दिने गर्छन । गुरुले शिष्यको दुर्गुण हटाएर सत्मार्गमा हिडाउने गर्छन । स्वयं भगवान राम ,भगवान् श्री कृष्ण जब जब यस संसारमा आए उनीहरू पनि गुरुको सेवा गरेर, गुरुबाट ज्ञान लिएको उदाहरण रामायण एवं भागवत गीतामा पनि दिइएको छ ।

कसका गुरु को?

देवताहरुका गुरु- वृहस्पति,

दैत्यहरुका गुरु- शुक्राचार्य,

रामचन्द्रका गुरु- विस्वामित्र

कृष्णका गुरु- सन्दिपनि

गोरखनाथका गुरु- मछिन्द्रनाथ

मछिन्द्रनाथका गुरु- आदिनाथ

- सुजन गैह्रे

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?