सिंजा गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा पोषण र सरसफाई सम्बन्धी अन्तरक्रिया

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय दुई वर्ष मुनिका बालबालिकाहरुलाई पोषण र सरसफाई सम्बन्धी प्रतिस्पार्धा तथा अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न गरेको छ ।

यहाँका सुनौलो हजार दिनका २२ जना आमाहरुलाई पोषण र सरसफाईबारे जानकारी दिने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम गरेको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले बताउनुभयो ।

स्वास्थ्य संस्थामा नियमित गर्भ आठ पटकसम्म जाँच गरेका महिला, बर्थिङ सेन्टरमा सुत्केरी भएका ,चार पटकसम्म सुत्केरी जाँच गरेका,बच्चालाई नियमित खोप लगाउने,महिना महिनामा वृद्धि अनुगमन गरेको र सरसफाई सेसनमा सहभागी भएका आमाहरुलाई कोशेली समेत वितरण गरेको स्वास्थ्य शाखाका प्रमुख रोकायाको भनाइ छ ।

स्वास्थ्य क्षेत्रलाई विशेष प्रथामिकतामा राखेर पालिकाले काम गरेको उपाध्यक्ष सीतली रोकयाले जानकारी दिनुभयो । सिंजाका ग्राीमण भेगमा पर्ने स्वास्थ्य संस्थालाई सुधार गरी विज्ञ स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गर्नेदेखी स्वास्थ्य चौकीमा केही समस्या भए दुक्क रुपमा राख्न उपाध्यक्ष रोकायाले यहाँका स्थानीय महिलालाई अनुरोध गर्नुभयो ।

आगामी वर्ष २०८०।८१ को नीती तथा कार्यक्रमा स्वास्थ्य शाखालाई आवश्यक बजेटको व्यस्थापन गरी सिंजाका सबै स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा दिइने सिंजा गाउँपालिका अध्यक्षा पूर्णप्रसाद धितालको भनाइ छ । स्वास्थ्यर्मीलाई तालिमबाट दक्ष बनाई र सिंजाका नागरिकको स्वास्थ्यमा सहज पहुँच पु-याउनका लागि नराकोट स्वास्थ्य चौकीलाई थप स्तरवृद्धि गरि दश शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणमा पालिका जुटेको अध्यक्ष धितालको भनाइ छ । स्वास्थ्य शाखाबाट दिएको दुईदिने तालिमबाट सिकेको कुरा गाउँमा अरु महिलालाई सिकाउन आफुलाई मद्दत गरेको छ । अझै त्यस्ता तालिम यहाँका महिलालाई अति आवश्यक रहेको सिंजा गाउँपाकिला – १ का सथानीय महिला कालिका चौलागाईले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?