‘गुराँस’को वल्र्ड प्रिमियर युरोपको फिल्म फेष्टिबलमा हुँदै

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘गुराँस’को वल्र्ड प्रिमियर युरोपको प्रतिष्ठित फिल्म फेष्टिबल दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेष्टिबलमा हुने भएको छ । यसका लागि अभिनेत्री मेनुका प्रधान त्यसतर्फ जानुभएको छ । मेनुका चलचित्रकी मुख्य कलाकारमध्येकी एक हुनुहुन्छ । ‘गुराँस’ आज (बुधबार) वल्र्ड प्रिमियर हुँदैछ ।

नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई सौरभ राईले निर्देशन गर्नुभएको छ । फेष्टिभलमा निर्देशक राई पनि सहभागी हुनुहुनेछ । दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेष्टिबल युरोपको प्रतिष्ठित फेष्टिबल मानिन्छ । हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट वाचन गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।

चलचित्रलाई राई स्वयंले लेख्नुभएको हो । चलचित्रमा तुलसी खवासले ‘गुराँस’को रूपमा शीर्ष भूमिका निर्वाह गर्नुभएको छ । यस चलचित्रमा खगेन्द्र लामिछानेको पनि अभिनय छ । चलचित्रको छायांकन सुबल केआरले गर्नुभएको हो भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?