सेयर बजार सामान्य अंकले घट्याे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सेयर बजार सामान्य अंकले ओरालो लागेको छ ।  बिहीबार नेप्से सूचक ०.०६ विन्दुले घटेर २०४९.३८ अंकमा अडियो ।

३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भयो ।

समग्रमा सेयर बजारमा असार मसान्तको दबाबसँगै आगामी मौद्रिक नीतिको कौतुहलताले पनि प्रभाव पारेको देखिन्छ ।

यस दिन २८० कम्पनीको ९७ लाख ५१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक संस्थापक र हिमालयन लाइफ इन्स्योरेन्स परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?