एमाले सिद्धान्त र व्यवहारमा अब्बल पार्टी : योगेश भट्टराई

हिमालय टाइम्स
Read Time = 3 mins

बारा । नेकपा एमालेका सचिव एवंम मधेस प्रदेश कमिटीका इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेमा सिद्धान्त र व्यवहारको दृष्टिकोणले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताउनुभएकाे छ । पार्टीकाे कामको सिलशिलमा रौतहट जान लाग्नुभएका नेता भट्टराईले निजगढमा आयोजित पार्टी कार्यकर्ताहरु भेटघाट र परिचयात्मक कार्यक्रममा सो कुरा बताउनुभएकाे हाे ।

‘सिद्धान्त र विचारमा मात्रै होइन एमाले व्यवहारमा पनि उत्तिकै अब्बल छ, उहाँले भन्नुभयाे, 'पार्टीले अङ्गिकार गरेको जनताको बहुदलीय जनवाद माक्सवादको सृजनात्मक प्रयोग हो र विश्वका अन्य धेरै देशमा यसलाई अपनाउन थालिएको छ ।' उहाँले पार्टीको सिद्धान्त र व्यवहार सहि भएकोले नै अहिले एमाले देशको सबैभन्दा लोकप्रिय दलको रुपमा रहेको पनि बताउनुभयाे ।

‘एमाले जनताको मनमा बसेको पार्टी हो, उहाँले भन्नुभयाे, गत संसदीय निर्वाचनमा विपक्षीहरुको गठबन्धनका बाबजुद जनताले एमालेलाई मत दिएर समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बनाएका हुन् ।’

उहाँले चुनावमा विपक्षीहरुले  गठबन्धन नगरकाे भए एमालेले प्रत्यक्षतर्फ पनि थप २०-२५ सिट बढी जित्ने दाबी पनि गर्नुभयाे ।  उहाँले राष्ट्रियताको बारेमा एमालेले अबलम्बन गरेको नीतिका कारण पनि देशको स्वभिमान उच्च हुदै गएको बताउनुभयाे । आफूहरुले छिमेकी भारत र चीन दुबैको प्रभावमा नपरी राष्ट्रिय स्वाधिनताको लागि काम गरेको भट्टराईको दाबी छ ।

हालको निर्वाचन प्रणालीमा कुनै पनि दलले एक्लै बहुमत ल्यााउन कठिन हुने भएकोले यो प्रणाली परिवर्तन गर्ने बारेमा पनि बहस सुरु भएको उहाँले बताउनुभयाे ।  ‘निर्वाचन प्रणालीले एकल दलको सरकार गठन गर्न मात्र बाधक होइन दलहरुलाई नै भ्रष्टीकरणको दिशामा पुर्‍याएको छ, नेता भट्टराईले भन्नुभयाे, यस्तो प्रणालीलाई परिवर्तन गर्नुपर्छ ।’ उहाँले निर्वाचन प्रणाली खर्चिलो भएकोले दलहरुले चुनाव जित्नको लागि पैसावालालाई टिकट दिनुपर्ने बाध्यता आएको जनाउनुभयाे ।

‘असल र इमान्दार मान्छेले भन्दा साम, दाम र दण्डभेद प्रयोग गर्न सक्नेले मात्रै टिकट पाउने अवस्था आयो,’ उहाँले भन्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?