राजेशकाजी श्रेष्ठको नेतृत्वमा भानुभक्त स्कूलमा अल्मुनाइ एशोसिएसन गठन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंको पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरू संगठित बनेका छन् । पूर्व विद्यार्थीहरूको भेलाले चर्चित व्यवसायी राजेशकाजी श्रेष्ठको नेतृत्वमा अल्मुनाइ एशोसिएसन गठन गरेको छ ।

चेम्बर अफर कमर्सका पूर्व अध्यक्षसमेत रहनुभएका व्यवसायी राजेशकाजी पूर्व उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्रीसमेत भइसक्नुभएको छ ।

विद्यालयका पहिलो ब्याचका विद्यार्थी रहनुभएका श्रेष्ठलाई भेलाले एसोसिएसनको नेतृत्व लिन अनुरोध गरेका थियो । भेलाको सर्वसहमतिबाट अध्यक्षमा श्रेष्ठ चयन हुनुभएको हो ।

पूर्व विद्यार्थी ठाकुरप्रसाद शर्माको संयोजकत्वमा भएको भेलाले तदर्थ समितिको उपाध्यक्षमा हर्षसागर तुलाधर, महासचिवमा नविनकुमार बर्मा र कोषाध्यक्षमा पुनिता रिमाललाई चयन गरेको छ । समितिका सदस्यहरुमा सुनिल गोर्खाली, कपिल लोहनी, मनोज ढुंगाना, आशिषभद्र खनाल र विश्वास खतिवडा रहेका छन् ।

एशोसिएसनले ठाकुरप्रसाद शर्मा, विद्यासागर तुलाधर र सनातन रेग्मीलाई सल्लाहकारका रुपमा चयन गरेको छ । यस्तै, विद्यालयकी प्रधानअध्यापक ईश्वरी ढुंगानालाई आमन्त्रित सल्लाहकारका रुपमा चयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

२०३४ सालदेखि एसएलसी परीक्षामा सहभागी भानुभक्त मेमोरियल स्कुलबाट हालसम्म सात हजार विद्यार्थीले प्रवेशिका परीक्षा उत्तिर्ण गरिसकेका छन् ।

भानुभक्त मेमोरियल स्कुलको आसन्न ६०औं वार्षिकोत्सव र एसएलसीमा सहभागिताको ५० औं वार्षिकोत्सवलाई लक्षित गर्दै अल्मुनाई एशोसिएसन गठन गरिएको हो । एशोसिएसनले पूर्व विद्यार्थीबीच भाइचार सम्बन्ध स्थापित गर्ने तथा वार्षिकोत्सव लक्षित विभिन्न रचनात्मक कार्य गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?