सेयर बजारमा उच्च गिरावट

Read Time = 2 mins

काठमाडौं । नयाँ अर्थमन्त्रीमा डा. प्रकाशशरण महतको प्रवेशसँगै सेयर बजार साताको पहिलो दिन नै उच्च अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) २० अंकले घटेर १८८८.५५ अंकमा झरेको हो । दुई सय ६० कम्पनीको ३७ लाख ८७ हजार दुई सय ४१ कित्ता सेयर एक अर्ब २० करोड ७१ लाख २२ हजार छ सय बराबरको कारोबार भएको छ ।

सबै समूहका सूचक घटेका छन् भने सबैभन्दा धेरै व्यापार समूहको ५४.९९ र निर्जीवन बीमा समूहको ४७.२४ अंकले घटेको छ । बैंकिङ २३.८९, होटल तथा पर्यटन १८.९१, जलविद्युत् ४१.६८, लगानी ०.७४ र जीवन बीमा समूह ३६.७४ अंकले घटेको छ । उत्पादन तथा प्रशोधन ३५.७२, लघुवित्त ३५.८४, म्युचुअल फण्ड ०.०२ र अन्य समूह १०.९७ अंकले घटेको छ ।

तर, कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ९.९६ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै ९.६१ अंकले घटेको छ । कारोबार रकमका आधारमा एनआइसी एसिया बैंकको सर्वाधिक पाँच करोड पाँच लाख ६२ हजार बराबरको सेयर खरिदबिक्री भएको छ भने कारोबार सेयर संख्याका आधारमा सबैभन्दा धेरै कुमारी बैंकको प्रमोटर सेयर एक लाख ७४ हजार छ सय १० कित्ता कारोबार भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?