खोज तथा उद्धारका लागि नगर प्रहरीलाई तालिम दिदै धनगढी उपमहानगर

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । बाढी तथा डुवानबाट प्रभावित हुने धनगढी उप महानगरपालिकाले आफ्नै प्रहरीलाई उद्धारका लागी तयार पार्न लागेको छ । बर्षात्‌मा जलमग्न हुने धनगढी उपमहानगरले आफ्ना नागरिकहरुको उद्धारका लागी नगर प्रहरीहरुलाई तयार पारिरहेको हो ।

उप महानगरले प्रहरीहरुलाई वाटर रेस्क्यु सम्बन्धी प्रशिक्षण गराइरहेको छ । आफ्नै प्रहरीहरुलाई वाटर रेस्क्यु सम्बन्धी प्रशिक्षण दिइसकेपछि चाँडो उद्धार गर्न सहज हुने अपेक्षा लिइएको छ ।

सधैँको बर्षातमा डुवान र कटानको समस्या भोग्दै आएको धनगढी उप महानगरपालिकाले उद्धार र खोजतलासका लागी आफ्ना प्रहरीहरुलाई प्रशिक्षण दिइरहेको छ ।

उप महानगरले आफ्ना प्रहरीहरुलाई बाढी तथा डुवानमा उद्धारका लागी तालिम दिइरहेको हो । उप महानगरले कैलालीको गोदावरी नगरपालिका -२ अत्तरिया र धनगढी उपमहानगरपालिका वडा नम्बर २ मोहना नदीमा रहेको लामितालमा नगर प्रहरीहरुलाई वाटर रेस्क्यु प्रशिक्षण दिइरहेको हो ।

उपमहानगरपालिकाले जल उत्पन्न प्राकृतिक प्रकोपको जोखिममा परेकालाई उद्दार गर्न नगरप्रहरीलाई परिचालन गर्न रेस्क्यु प्रशिक्षण दिन लागेको हो । २३ गते सम्म संचालन हुने रेस्क्यु प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा २५ जना नगर प्रहरीको सहभागिता रहेको छ ।
उपमहानगरपालिकाको विपत् व्यवस्थापन शाखाका प्रमुख दिपक भण्डारीले नगरप्रहरीलाई पहिलो पटक वाटर रेस्क्यु प्रशिक्षण दिन लागिएको बताउनु भयो । उहाँले डुवान वाढीको पुर्व तयारी स्वरुप नगर प्रहरीलाई तालिम दिन लागिएको बताउनु भयो ।

उहाँले उपमहानगरपालिकाले बाढी र डुवानको उद्दार संम्बन्धि प्रशिक्षण संगै खोज तथा उद्दारका लागि आवश्यक सामाग्रीको पनि जोहो गरेको बताउनु भयो । उहाँले नगरमार्फत जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीलाई पनि उद्दारका सामाग्री हस्तान्तरण गरिसकिएको बताउनु भयो ।
धनगढी उपमहानरपालिकालाई युएडीपीको सुपर परियोजनाले ३६ लाख ९७ हजार रुपैयाँ बराबरका उद्दार सामग्री उपलब्ध गराएको थियो । जसमा लाइव ज्याकेट, स्टेचर, मेगा फोन, गम बुट, सेफ्टी बेल्ट, चेन कटर, सिडीलगायतका सामाग्री रहेका छन ।

धनगढी उपमहानगरपालिकाका नगर प्रहरी नायव निरिक्षक कृष्ण मल्लले विपत व्यवस्थापन तालिमले वाढी र डुवानमा उद्दार गर्न सहज हुने बताउनु भयो । उहाँले तालिममा स्विमिङ संगै बोट चलाउने सिप पनि प्रदान भएको बताउनु भयो ।

तालिममा सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर नम्बर ३४ गण कैलाली प्रशिक्षण दिइरहेको छ । तालिममा उद्दार गर्ने तरिका, स्थानीय श्रोत साधनको प्रयोग गर्ने तरीका, र्‍याफ्ट बोर्ड प्रयोग गर्ने बिधिलगायतका बारेमा जानकारी दिइने जनाइएको छ ।

धनगढीमा नदी तटिय क्षेत्र डुवानको उच्च जोखिममा रहेका छन् । धनगढीको वडा नम्बर १, २ र ३ बर्षात्‌मा डुवानमा पर्दै आएको छ । धनगढीमा मोहना नदी, खुटिया नदी, घुरही नदीमा बाढीले बर्षेनी ठूलो धनजनको क्षति गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?