एसियन च्याम्पियनसिपमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । थाइल्याण्डको बैंककमा हुने २५औँ एसियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई १० देखि १७ गतेसम्म हुने प्रतियोगितामा नेपालका तर्फबाट दिपक अधिकारी, मुकेश पाल, सोमबहादुर कुमाल, शिवराज पार्की, राजपुरा पछाई, फूलमती राना, आयुष कुँवरले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

नेपाल एथलेटिक्स संघले चीनमा हुने एसियन गेम्स प्रतियोगितामा छनोट भएका सात खेलाडीलाई एसियन च्याम्पियनसिपमा पठाउन लागेको हो । एसियन गेम्सको पूर्वतयारीस्वरूप एसियन च्याम्पियनसिपको आयोजना गरिएको हो ।

एसियन च्याम्पियनसिपमा दिपक अधिकारीले पाँच हजार र १० हजार मिटर, मुकेश पालले पाँच हजार र १५ सय मिटर, सोमबहादुर कुमालले ४०० र ८०० मिटरमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै, शिवराज पार्कीले सय र दुई सय मिटर, राजपुरा पछाईले पाँच हजार मिटर, फूलमती रानाले ८०० र १५ सय मिटर, आशुय कुँवरले सय र दुई सय मिटरमा प्रतिस्पर्धा गर्ने मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

राखेप सदस्य-सचिव टंकलाल घिसिङले एसियन च्याम्पियनसिप खेल्ने खेलाडीलाई शनिबार एक कार्यक्रमका बीच बिदाइ गर्नुभयो । उहाँले एसियन गेम्सको तयारीका रूपमा रहेको प्रतियोगितामा राम्रो प्रदर्शनको शुभकामना दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?