प्रभु महालक्ष्मी लाइफको सिइओमा भट्टराई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा रमेशकुमार भट्टराईको नियुक्तिलाई नेपाल बिमा प्राधिकरणले स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार यही असार २९ गते हुने निर्णय भइसकेको छ । दुवै कम्पनीबीचमा गत असार ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेठ ३ गते अन्तिम सहमति भएको थियो ।

दुवै सम्झौतामा महालक्ष्मी लाइफका सिइओ भट्टराईलाई मर्जरपछिको आगामी चार वर्षका लागि पनि एकीकृत कम्पनीको सिइओ नियुक्त गर्ने सहमति भएको थियो । व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक भट्टराई महालक्ष्मी लाइफको स्थापनाकालदेखिको सिइओ हुनुहुन्थ्यो । २०३८ सालमा नेपाल बैंकको अधिकृतबाट बैंकिङ करिअर सुरु गर्नुभएका उहाँ विगत ४२ वर्षदेखि बैंक र बिमा क्षेत्रमा निरन्तर सेवारत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?