काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीसहित चार विधाका प्रतिभालाई काँकडभित्तामा सम्मान गरिने भएको छ । कप्तान रुविनासहित खेल पत्रकार भूमिका फियाक लिम्बू, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र ज्येष्ठ नागरिक वडा समिति मेचीनगर-६ लाई नगदसहित सम्मान गर्न लागिएको हो ।
काँकडभित्तामा रहेको भानु साहित्यिक प्रतिष्ठानले २१०औँ भानु जयन्तीका अवसरमा उहाँहरूलाई पुरस्कृत र सम्मान गर्ने भएको हो । मेचीनगर निवासी कप्तान क्षेत्रीलाई नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भानु प्रतिभा पुरस्कारबाट सम्मान गर्न लागिएको प्रतिष्ठानका कार्यवाहक अध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिनुभयो ।
भानु प्रतिभा पुरस्कारबाट सम्मानित हुने कप्तान क्षेत्रीलाई २१ हजार र अन्य तीनजना प्रतिभालाई जनही ११ हजार रुपैयाँका दरले पुरस्कृतसहित सम्मान गरिने उहाँले जानकारी दिनुभयो । असार २९ गते भानु जयन्तीका अवसरमा काँकडभित्ता क्याम्पसको सभाहलमा हुने कवि गोष्ठी कार्यक्रममा प्रतिभाहरूलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच